JanataToday.com

Advertisment

SKIP THIS

उद्योगी व्यवसायीले आजसम्म भएका उपलब्धीको बारेमा पनि कुरा उठाउनुपर्छ : मन्त्री गिरी

उद्योगी व्यवसायीले आजसम्म भएका उपलब्धीको बारेमा पनि कुरा उठाउनुपर्छ : मन्त्री गिरी

भैरहवा, १२ मंसिर ।

प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले व्यापार तथा पर्यटनको क्षेत्रमा आफूमा भएका उपलब्धिहरुलाई उपयोग गरेर मात्रै अगाडी बढ्न सकिने बताउनु भएको छ।

उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाण्डौको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा जारी लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृृषि महोत्सव –२०७६ अन्तर्गत बिहीबार मेला सचिवालयमा भएको उद्योग, पर्यटन प्रबद्र्धन सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले अवसर खोजेर मात्रै समस्याको समाधान गर्न नसकिने भन्दै हरेक पक्षको समस्याको समाधान रहेको बताउनुभयो ।

उहाले भन्नुभयो “उद्योग व्यवसाय सम्बन्धि प्रदेश सरकारले बनाएको ऐन कानून अध्ययन गर्न म आग्रह गर्दछु, कानून आफ्नो अनुकुल र हितमा बनाउने हो, सबैले एकनास भएर परिमार्जित भएर अगाडी बढौं भन्ने अर्थमा हामीलाई कानून चाहिएको हो, नदीजन्य पदार्थलाई उपयोग गर्ने सन्दर्भमा बनाइएको कार्यविधिमा सुझाव आएपछि त्यसलाई सच्याउँदैछौं ।” उहाले ऐन कानूनमा भएका बाधा अड्चनलाई सच्याउन सरकार तयार भएको बताउनुभयो।

मन्त्री गिरीले भन्सार सम्बन्धि रहेको समस्या समाधान गर्ने कुरामा आफ्नो सहमति रहेको बताउनुभयो। । “भारतीय बजारमा सामान सस्तो छ भन्दैमा त्यहाँ पुगेर किन्ने प्रवृत्ति रोक्नुपर्ने बताउनुभयो। । थोरै दुःख गरेर भए पनि मुलुकको अर्थतन्त्रलाई माथि उठाउनपर्ने आवश्यकता रहेको उहाको भनाइ थियो ।

मन्त्री गिरीले भैरहवाको बैंकरोड, मिलनचोक, नारायणपथ लगायत अन्य उपयुक्त स्थानमा पनि २४ घण्टे रात्री बजार सञ्चालन गर्न सकिने बताउनुभयो।

मन्त्री गिरीले भन्नुभयो , “हामीले परिणाम धेरै खोजेका छौं, तर त्यो परिणाम तत्काल प्राप्त नभएका कारण निराश छौं, विकासका सन्दर्भमा समयमा गुणस्तरीय काम सम्पन्न गर्न कसैले रोकेको छैन् ।

यस क्षेत्रमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनाहरुको प्रगतिबारे प्रदेश सरकारले विशेष चासो दिदैं समयसमयमा आयोजना प्रमुखहरुलाई बोलाएर आयोजनाको प्रगति विवरण र समस्याबारे जानकारी लिएको बताउनुभयो ।

कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले महोत्सवमार्फत स्थानीय उत्पादन तथा पर्यटनको प्रबद्र्धन भइरहेको बताउनुभयो ।

उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख यम बहादुर कुंवरले पर्यटन क्षेत्रको विकासको लागि पर्यटन प्रबद्र्धन जोन बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान प्रादेशिक कार्यालय बुटवलका प्रमुख मुकुन्द ज्ञवालीले लुम्बिनी भित्र मात्र नभइ स्थानवासीीयको विकासमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

संस्कृतिविद् प्रा।डा।गितु गिरीले बेलहिया देखि लुम्बिनी सडक अझै पनि तयारी अवस्थामा नरहेकोले भ्रमण वर्षमा सोचे जति लाभ लिन नसकिने बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले सरकार राजस्वमुखी हुँदा उद्योगी व्यवसायीले कर तिरे पनि सेवासुविधा नपाएको बताउनुभयो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस  प्रदेश ५ का महासचिव चन्द्र थापाले पर्यटन प्रबद्र्धनको लागि पूर्वाधार र शुसासन आवश्यक रहेको बताउनुभयो । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश प्रसाद बेल्बासेले पर्यटक आगमनलाई व्यवस्थित गर्न नाका तथा अध्यागमनलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश कुमार खातीले महोत्सवको हुने कारोबारमध्ये केही रकम पर्यटनमा लगानी गर्नुपर्ने बताउनुभयो । नेपाल रोडा ढुंगा व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष गणेश उपाध्यायले कुनै पनि राष्ट्रिय गौरवको आयोजना निर्माणको लागि सामाग्रीको अभाव नहुने बताउनुभयो ।

गैरसरकारी संस्था महासंघ प्रदेश ५ का सचिव गोविन्द प्रसाद रेग्मीले स्थायी सरकार बनेको अवस्थामा उद्योग व्यापार फस्टाउने अवस्था सिर्जना भएकोले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij