काठमाडौं । संसद्को बहुउदेश्यीय (मल्टिपर्पोज) हलबाटै आगामी आर्थिक वर्षको बजेट भाषण हुने भएको छ ।
प्रतिनिधिसभाका लागि निर्माणाधीन भवनको प्राविधिक काम नसकिँदा अहिले सदन चलिरहेको हलबाटै बजेट भाषण गर्न लागिएको हो ।
“नयाँ हलमा फर्निसिङ फिनिसिङको काम सकिएको देखिए पनि प्राविधिक पक्ष (अडियो, भिडियो, एमसीआर) व्यवस्थापनसहित अन्य कुरा पनि मिल्नुपर्यो । अहिले सम्भव देखिएन,” संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने ।
सिंहदरबारस्थित प्रतिनिधिसभाका लागि बनिरहेको हलबाट बजेट भाषणको तयारी थियो । सोहीअनुसार काम पनि भइरहेको थियो ।
तर, शुक्रबार (भोलि) अपराह्न ४ बजे प्रस्तुत हुने बजेट भाषणका लागि त्यो हलबाट सम्भव नहुने निष्कर्षमा संसद् सचिवालय पुगेको हो ।
हल नबन्दा निर्माणाधीन भवनको मल्टिपर्पोज हलमा प्रतिनिधिसभा बस्दै आएको छ । सोही हलमा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणा गर्नेछन् ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्