खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या

खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या

नवलपरासी

पूर्वी नवलपरासी (नवलपुर) को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् ।

प्रहरीका अनुसार ६३ वर्षीय डम्मर गिरीले गएराति अन्दाजी १० बजे ४३ वर्षीय छोरा शंकर गिरीको हत्या गरेका हुन् । घरायसी विवादमा उनले छोरामाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए ।

खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शंकरको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा राति १०:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले खुर्पासहित हत्यामा संलग्न बुबा डम्मर गिरीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका गिरीमाथि हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij