आयोगहरूका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्छः प्रधानमन्त्री शाह

आयोगहरूका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्छः प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रुपमा अध्ययन गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनलाई कांग्रेस सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनको प्रतिवेदनबारे प्रश्न राखेका थिए ।

जसको जवाफका क्रममा प्रधानमन्त्री शाहले भनेका छन्, ‘आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई एकमुष्ट रुपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही त्यही हिसाबले गर्छ ।’

मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोलन,र्‍याली लगायतका धेरै प्रतिवेदनहरू भएकोप्रति पनि उनले स्मरण गराए ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij