प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले सदन चल्न नदिने

प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले सदन चल्न नदिने

प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।

प्रतिनिधिसभा बैठक शुरू हुनेबित्तिकै बोलेका कांग्रेस सचेतक निश्कल राई, एमालेका प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दलको नेता ज्ञानेन्द्रबहादुर शाही, श्रम संस्कृति पार्टीका आर्यन राईलगायतले प्रधानमन्त्रीले कि तथ्य पेश गर्नुपर्ने नभए रेकर्डबाट हटाउनुपर्ने अपील गरेका हुन् ।

सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले झन्डै ३ करोड नेपालीको शिर निहुरिएको बताएका छन् । यदि प्रधानमन्त्रीले सत्य बोलेका भए कहाँ–कहाँ नेपालले भारतको भूमि मिचेको भन्ने तथ्य आफूहरूलाई चाहिएको बताएका छन् ।

त्यसअघि आजै बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिनुभएको अभिव्यक्तिलाई लिएर आज संसद् अवरोध गर्ने निष्कर्ष निकालेको थियो । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेससहित एमाले, नेकपा र राप्रपाको सहभागिता थियो ।

कांग्रेस संसदीय दलका सचेतक निश्कल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले गम्भीरतापूर्वक लिँदै भर्त्सना गरेका छन् ।

प्रधानमन्त्री शाहले हिजो प्रतिनिधिसभामा दिनुभएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर टीकाटिप्पणी भइरहेका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij