लालबिहारी माविमा स्वच्छ खानेपानी सुनिश्चित गर्न पानी शुद्धीकरण मेसिन जडान

लालबिहारी माविमा स्वच्छ खानेपानी सुनिश्चित गर्न पानी शुद्धीकरण मेसिन जडान

रुपन्देहीको कोटहीमाई गाउँपालिका–१, सिपवास्थित श्री लालबिहारी माध्यमिक विद्यालयलाई रोटर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले पानी शुद्धीकरण मेसिन हस्तान्तरण गरेको छ।
विद्यार्थी तथा शिक्षकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको हो।
क्लबको यस अभियानले विद्यालयमा स्वस्थ खानेपानीको पहुँच विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। “निरोगिताका लागि स्वस्थ पानी” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यालयलाई पानी शुद्धीकरण मेसिन हस्तान्तरण गरिएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न उक्त सहयोग गरिएको क्लबले जनाएको छ।
कार्यक्रममा रोटर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष धीरज मरासिनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले पानी शुद्धिकरण मेसिन प्रदान गरेको बताउनुभयो। कार्यक्रममा क्लबका पदाधिकारी, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जैस मोहम्मद पाखियाले स्वस्थ जीवनका लागि स्वच्छ खानेपानी अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले क्लबले गरेको कार्यले विद्यालयका विद्यार्थी तथा कर्मचारीले स्वच्छ पानी पिउन पाउने भन्दै खुसी व्यक्त गर्नुभयो।

विद्यालय प्रधानाध्यापक राधेश्याम पाठकले क्लबप्रति आभार व्यक्त गर्दै पानी शुद्धीकरण मेसिनले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्वच्छ पानीको अभावका कारण हुने विभिन्न स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न यस्ता अभियान प्रभावकारी हुने उहाँको भनाइ रहेको थियो।

युवा नेतृत्व, सामाजिक उत्तरदायित्व र सेवामूलक कार्यलाई प्राथमिकतामा राख्दै आएको रोटर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा समुदाय केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ। पानी शुद्धिकरण मेसिनबाट ४ सय बढी विद्यार्थी तथा शिक्षक कर्मचारी लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij