भारत–नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन,व्यापार,लगानी र कनेक्टिभिटी विस्तारमा चेम्बरको जोड” 

भारत–नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन,व्यापार,लगानी र कनेक्टिभिटी विस्तारमा चेम्बरको जोड” 

गोरखपुर, भारत , भारत–नेपाल आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले ४ जुन २०२६ मा आयोजित कार्यक्रममा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवद्र्धन, भैरहवा विशेष आर्थिक क्षेत्र मा लगानी विस्तार, व्यापार सहजीकरण तथा पूर्वाधार विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रभावकारी बनाउनुपर्ने र रेलवे कनेक्टिभिटी विस्तारलाई विशेष जोड दिनुपर्ने निष्कर्ष निकालेका छन्।

यस अवसरमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले नेपाल र भारतबीचको ऐतिहासिक ‘रोटी–बेटी’ सम्बन्धलाई आर्थिक समृद्धि, व्यापार विस्तार, लगानी अभिवृद्धि र पर्यटन विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याए। उनले खुला सीमा, सांस्कृतिक निकटता र धार्मिक सम्बन्धले दुवै देशबीच सहकार्यका प्रशस्त अवसर सिर्जना गरेको बताए।

अध्यक्ष पोखरेलले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल लाई पूर्ण क्षमतामा सञ्चालन गरी नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए। विमानस्थल प्रभावकारी रूपमा सञ्चालन हुन सके लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार, होटल व्यवसाय तथा लगानी प्रवद्र्धनमा उल्लेखनीय टेवा पुग्ने उनको भनाइ थियो।

उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्ध को जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतका पर्यटन व्यवसायी तथा निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए। लुम्बिनी, कुशीनगर, बोधगया र सारनाथलाई जोडेर संयुक्त बौद्ध पर्यटन सर्किटको प्रवद्र्धन गर्न सके दक्षिण एशियाकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य निर्माण गर्न सकिने उनको धारणा थियो।

अध्यक्ष पोखरेलले एआई प्रविधि, डिजिटल भुक्तानी, सीमा व्यापार, जैविक उत्पादन, नेपाली कफी तथा आयुर्वेदको प्रवद्र्धनसँगै सुरक्षा चुनौती न्यूनीकरण र भारतजस्तो विशाल बजारमा नेपाली साना उत्पादनहरूले निर्यातका क्रममा भोग्नुपरेका जगचमभिक प्रति पीडाबोध व्यक्त गर्दै आगामी दिनमा नीतिगत सरलीकरण र सहज बजार पहुँचका लागि जोड दिएका थिए।

पोखरेलले भैरहवास्थित विशेष आर्थिक क्षेत्र मा भारतीय उद्योग तथा लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण र व्यवसायिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। सीमावर्ती क्षेत्रको औद्योगिक सम्भावनालाई उपयोग गर्दै संयुक्त उत्पादन र निर्यात प्रवद्र्धनका कार्यक्रम अघि बढाउनुपर्ने उनको सुझाव थियो।

भारतको गोरखपुरमा भारतीय दूतावासको सहकार्यमा आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च २०२६’ अन्तर्गत भएको राउण्ड टेबल छलफलमा सहभागीहरूले नेपाल–भारतबीचको आर्थिक तथा व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउन निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका हुन्।

भारत–नेपाल केन्द्र द्वारा आयोजित कार्यक्रममा अतुल कुमार ठाकुरले उद्घाटन मन्तव्य दिएका थिए भने भारत–नेपाल केन्द्र,   को–चेयर कामलेश जैन ले स्वागत मन्तव्य दिएका थिए। भारतस्थित नेपाली दूतावासका तारानाथ अधिकारी र आर्थिक काउन्सिलर डा।सुरेन्द्र थापा ,उद्योग वाणिज्य, ँल्ऋऋक्ष् का कृष्णप्रसाद शर्मा लगायतले सम्बोधन गर्दै भारत–नेपाल आर्थिक सम्बन्ध सुदृढीकरण र सहकार्य विस्तारमा जोड दिएका थिए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसहित नेपाल र भारतका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : आइतबार, जेष्ठ २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij