गौतमबुद्ध विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित भारतीय नागरिक पक्राउ

गौतमबुद्ध विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित भारतीय नागरिक पक्राउ

भैरहवा  ,रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं जान लागेका एक भारतीय नागरिकलाई ठूलो परिमाणमा विदेशी विनिमय मुद्रा भारतीय रुपैयाँ सहित प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार भारतको आन्ध्र प्रदेश राज्य अन्तर्गत प्रकाशम जिल्लाका ५९ वर्षीय भीमा श्रीनिवासलाई शुक्रबार दिउँसो विमानस्थलबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार श्रीनिवास बुद्ध एयरको उडान नम्बर यू–४ ८६० मार्फत दिउँसो ३स्१० बजे काठमाडौं प्रस्थान गर्ने क्रममा थिए। दिउँसो करिब २स्४५ बजे विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको ह्यान्ड ब्यागेज एक्स–रे मेसिनबाट उनको साथमा रहेको खैरो रंगको हाते झोलाको जाँच गर्ने क्रममा ५०० दरका १ हजार ५९० वटा भारतीय नोट फेला परेको थियो।

बरामद भारतीय मुद्रा जम्मा ७ लाख ९५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। विदेशी विनिमय मुद्रा फेला परेपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। मुद्राको स्रोत, उद्देश्य तथा कानुनी प्रक्रियाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij