बुटवल— रोटरी क्लब अफ बुटवलले प्रदान गर्दै आएको रोटरी पदक २०१९ बाट यसपाली बुटवलको साधना महिला बिद्यालय सम्मानित हुने भएको छ । शिक्षाको माध्यमबाट महिला शसक्तिकरण तथा लैङ्गिक समानताको क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाए बापत बिद्यालयलाइ रोटरी पदक प्रदान गर्न लागीएको क्लबका अध्यक्ष दिल्लीकुमार श्रेष्ठले बताउनु भयो ।
क्लबले प्रत्येक दुइ÷दुइ बर्षमा प्रदान गर्ने रोटरी पदक यो बर्ष बुटवल उपमहानगर ६ मा रहेको साधाना महिला बिद्यालयलाइ दिने निर्णय गरीएको क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । क्लबको स्थापना दिवसको अवसर पारेर मंसिर १५ गते एक समारोहका बिच बिद्यालयलाइ पदक सगै नगद दुइ लाख रासी प्रदान गरीने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । २०६३ सालमा स्थापना भएको सधाना महिला बिद्यालयमा स्थापनाकाल देखि हालसम्म १० देखि ७० बर्ष उमेरका दुइ हजार बढी महिला तथा बालीकाले अध्ययन गर्ने अबसर प्राप्त गरीसकेका छन ।
बिगत देखि नै सेवा,विकास, शान्ति र समृद्धिको क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा बिभिन्न समुदाय माझ रहेर योगदान पुरयाउने बिभिन्न संघसंस्था वा व्यक्तिलाइ प्रोत्साहन गर्ने उद्येस्यले क्लबले रोटरी पदकको स्थापना गरेको हो । पदक बितरणकालागि क्लबले १७ लाख ५० हजार रासीको स्थायी अक्षयकोष स्थापना गरेको छ । कोष मार्फत प्रत्येक दुइ बर्षमा सीप,सिर्जना, विकास,गरीबी निवारण, जनउपयोगी खोज,नारी उत्थान तथा लैङ्गिक समानताको क्षेत्रमा योगदान पुरयाउने व्यक्ति वा संस्थालाइ सम्मान गर्दै आएको क्लबका सचिव रोमनाथ शर्माले बताउनु भयो ।
यसअघि यो पदकबाट शिक्षा क्षेत्रबाट सुवर्णकुमारी श्रेष्ठ र जनउपयोगी खोज बिषयमा महाबिर पुनलाइ सम्मान गरीसकेको छ । यसका अलावा क्लबले गरिब जेहेन्दार बिद्यार्थीलाइ छात्रबृत्ति लगायातका सहयोग प्रदान गर्दै आएको छ । पिछडीएको बर्ग तथा समुदायको आर्थिक सबलीकरणकालागि क्लबले उपयोगी सिपमुलक तालिमहरु प्रदान गर्दै आएको छ । विशेष गरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्पुर्ण सहयोग उपलब्ध गराउदै आएको क्लबले लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा अक्सिजन जेनेरेसन प्लान्ट,बुटवलको मुटु अस्पतालमा क्याथल्याब सेवा प्रदानकालािग सहयोग गर्नुका साथै, शंकरनगर स्थित बनबाटिकामा बालरेल संचालनकालागि सहयोग पनि प्रदान गरेको क्लबका सचिव शर्माले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्