भैरहवा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–१ बेलहिया क्षेत्रमा अवैध रूपमा भन्सार छली गरी भण्डारण गरिएका विभिन्न सामान बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बेलहिया, भैरहवा भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेलहियास्थित एक गोदाममा खानतलासी गर्दा करिब रु ४१ लाख ३२ हजार २४० बराबरका सामान नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बेलहिया, भैरहवा भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेलहियास्थित एक गोदाममा खानतलासी गर्दा करिब रु ४१ लाख ३२ हजार २४० बराबरका सामान नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामानमा ५३ बोरा वाटर मेलन सिड्स खरबुजाको बिउ ,२१२० किलोग्राम, ४४ कार्टुन कोलगेट पेस्ट ६,३३६ पिस, २२७ बोरा ओखर २,७७० किलोग्राम तथा ३८ बोरा मकै ९५० किलोग्राम रहेका छन्।
प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्