हिजो र आज शासन गर्नेमा फरक देखिएन : ज्ञानेन्द्र शाही

हिजो र आज शासन गर्नेमा फरक देखिएन : ज्ञानेन्द्र शाही

 

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ३५ बर्ष शासन गरेका र अहिले सरकार चलाउनेहरुबीच फरक नरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले हिजो शासन गर्ने र अहिले शासन गर्नेहरुमा कुनै परिवर्तन नदेखिएको बताउदै सरकारको आलोचना गरेका हुन् ।

शाहीले इभि गाडी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै हिजो सुन प्रकरणको छानबिन गर्न नमानेको र अहिलेको सरकारले इभि गाडीको छानबिन गर्न नमानेको उल्लेख गरे । उनले भने- ‘ हामीलाई भोको पेटको पिडा थाहा छ । गरिबको चोट कस्तो हो त्यो थाहा छ । हामि गरिब हुन सक्छौं बरु भोकै बस्न सक्छौं तर इमान बेच्न सक्दैनौं । सत्यको पक्षमा उभिन डराउदैनौं । आज पनि हामि कुनै व्यक्ति विशेषको विरुद्धमा छैनौं । हामि सत्यको पक्षमा छौं । हामी राज्यको राजश्व जोगाउनुपर्छ भन्नेमा छौं । त्यसैले संसदीय छानबिन समिति गठन गरौँ ।’

शाहीले आफुहरुले सुशासन र जवाफदेहिताको पक्षमा कुरा उठाएको र यी विषय उठाउन नडराउने भन्दै सत्ता पक्षले डिजिटल मिडियाबाट विपक्षी दलहरुलाई आक्रमण गरेको आरोप लगाए ।

देशलाई गरिब किसान र सर्वहाराले बिगारेका होइनन भन्दै देश पढेलेखेका र सत्ता र शक्तिमा पहुँच राख्नेले बिगारेको उनले दाबि गरे ।

उनले आफु एक्लै भएपनि सधै सत्यको पक्षमा उभिने भन्दै सत्ता पक्षले ५ सिटे र यति सिटे भन्दै आफुहरुलाई कटाक्ष गर्ने गरेको प्रसंग उल्लेख गरे ।

प्रकाशित मिति : शुक्रबार, असार ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij