काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजामा (एनजी) प्राप्त गरेका वा अनुपस्थित भएका योग्य विद्यार्थीका निम्ति मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
मौका परीक्षा आउदो साउन २ र ३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जानकारी दिएको छ । साउन २ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै र दुई विषयमा परीक्षा दिनेहरूका निम्ति सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । त्यस्तै साउन ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका निम्ति आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ ।
सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा (एनजी) प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा (डी) वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन् ।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले यही असार १९ गतेभित्र प्रतिविद्यार्थी ६०० रुपैयाँ शुल्क बोर्डको खातामा बुझाइसक्नुपर्नेछ । उक्त अवधिभित्र शुल्क बुझाउन छुट भएकाले असार २६ गतेभित्र विलम्ब शुल्कसहित प्रतिविद्यार्थी एक हजार २०० रुपैयाँ बुझाई सम्बन्धित विद्यालयमार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपिसहित बोर्डका कार्यालयमा आवेदन फाराम बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रतिविषय एक हजार रुपैयाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन् । नतिजा प्रकाशन भएको मितिले सात दिनभित्र (असार १२ गते अपराह्न ५ बजेसम्म) बोर्डको वेबसाइटमार्फत अनलाइन भुक्तानी गरी आवेदन दिन बोर्डले समय तोकेको छ । परीक्षाफल प्रकाशनमा कुनै त्रुटि, देखिएमा आवश्यक कागजातसहित नतिजा प्रकाशन भएको ६ महिनाभित्र निवेदन पेस गर्न पनि बोर्डले आग्रह गरेको छ ।
बोर्डले आज शुक्रबार नै कक्षा-१२ को परीक्षाफल सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति : शुक्रबार, असार ५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्