देवदह-पर्वत जिल्लाको बिहादी गाउँपालिका–६, सेतीबेनी निवासी मदन ज्ञवाली र सुष्मा ढकाल ले आफ्ना छोरा रिशभ ज्ञवाली को जन्मदिनको अवसरमा भड्किलो कार्यक्रम तथा अनावश्यक खर्च नगरी भविष्य सुरक्षित गर्ने उद्देश्यका साथ जीवन बीमा योजना खरिद गर्नुभएको छ।
सन्तानको उज्ज्वल भविष्यलाई ध्यानमा राख्दै उहाँहरूले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, देवदह शाखा कार्यालय मार्फत रु. १० लाखको बाल भविष्य जीवन बीमा योजना खरिद गर्नुभएको हो।
उक्त बीमा योजना सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, देवदह शाखा कार्यालय (देवदह–५, खैरेनी, रुपन्देही) मा कार्यरत अभिकर्ता तथा एजेन्सी म्यानेजर मित्रलाल न्यौपाने को समन्वयमा खरिद गरिएको हो।
अभिभावक मदन ज्ञवालीले जन्मदिनमा हुने एकदिने खर्चभन्दा सन्तानको शिक्षा, स्वास्थ्य र भविष्यका आवश्यकताका लागि बचत गर्नु उचित हुने विश्वासका साथ बीमा योजना रोजेको बताउनुभयो। उहाँले भन्नुभयो, “जन्मदिनमा हुने खर्च क्षणिक हुन्छ, तर आज गरिएको बचतले भोलि सन्तानको भविष्य सुरक्षित बनाउन ठूलो भूमिका खेल्छ।”
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, देवदह शाखाकी शाखा प्रमुख विनिता श्रीस ले बालबालिकाको भविष्य सुरक्षित गर्न अभिभावकहरूले समयमै बचत तथा जीवन बीमा योजनामा सहभागी हुनुपर्ने बताउनुभयो। उहाँले सानो बचतले भविष्यमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले यस्ता योजनाप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो।
समाजमा बढ्दै गएको भड्किलो जन्मदिन संस्कृतिका बीच रिशभ ज्ञवालीको जन्मदिनमा गरिएको यो कार्यले “जन्मदिनमा खर्च होइन, भविष्यका लागि बचत” भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। यसले अन्य अभिभावकलाई समेत आफ्ना सन्तानको भविष्य सुरक्षित गर्न बचत र बीमातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : शुक्रबार, असार ५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्