JanataToday.com

Advertisment

SKIP THIS

सहकारीको क्षेत्रमा नयाँ कानुन आवश्यक छ : मन्त्री गिरी

सहकारीको क्षेत्रमा नयाँ कानुन आवश्यक छ : मन्त्री गिरी

 

तिलोत्तमा ।

प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सहकारीको क्षेत्रमा कानुन बन्न नसकेकाले सहकारी सञ्चालनमा समस्याहरु देखिएको बताउनुभएको छ् । उहाले सहकारी क्षेत्रमा देखिने समस्याले मुलुकलाई अगाडि बढाउन समेत नसकिएको बताउनुभयो ।
तिलोत्तमा नगरमा सञ्चालित मणिप्रभा बचत तथा ऋण सहकारीको १० औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री गिरीले आर्थिक गतिविधिमा सहकारीबाट महत्वपूर्ण योगदान हुंदै आएको बताउनुभयो।
उहाले प्रदेश सरकार सहकारीलाई अगाडि बढाउने गरी नयाँ कानुन बनाउने तयारीमा रहेको जानकारी दिनुभयो । आर्थिक रुपले मुलुकलाई अगाडि बढाउने गरी सहकारी क्षेत्रको नयाँ कानुन ल्याउन आवश्यक रहेको मन्त्री गिरीको भनाइ रहेको छ । उहाले आर्थिक उपार्जनका लागि सहकारी प्रमुख रहेको उल्लेख गर्दै भन्न्नुुभयो अब सहकारी एकीकरणलाई अगाडी बढाउनु पर्छ ।” उद्योग धन्दा र कलकारखाना खोल्नका लागि ठूलो लगानीको आवश्यकता पर्ने भएकाले ठूलो लगानी गर्ने गरी अब सहकारीहरु एककीकरण हुनुपर्नेमा जोड दिनभयो।

Image may contain: 8 people, including Suman Kc, people standing and indoor
सहकारीका अध्यक्ष दिनेश फुल्लेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको हितलाई ध्यानमा राख्दै सहकारीले आर्थिक गतिविधि अगाडि बढाएको उल्लेख गर्दै यसबाट धेरै सदस्यहरु लाभान्वित भएको बताउनुभयो । कार्यक्रममा कोषाध्यक्ष लक्ष्मण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका आर्थिक विकास शाखा प्रमुख माधव पोखरेलले नगरपालिकाले यस क्षेत्रको विकासमा सहकारीलाई पनि आधारस्तम्भ मानेको बताउनुभयो ।
त्यस अवसरमा संस्थाका सल्लाहकार लोकेन्द्र न्यौपाने, जागृती सहकारी संस्थाका अध्यक्ष गणेश भट्टराई, लायन्स क्लव अफ चौतारीका उपाध्यक्ष एकदेव बस्याल, संस्थाका सचिव खगेश्वर भण्डारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ ।

Image may contain: 7 people, including Suman Kc, people smiling, people sitting and indoor

प्रकाशित मिति : शनिबार, मंसिर १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij