रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा शुरु हुँदै

रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा शुरु हुँदै

 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । भरतपुरको गेष्ट हाउस चौरमा हुने महाधिवेशनको उद्घाटन समारोहको सबै तयारी पुरा भएको व्यवस्थापन समितिले जानकारी दिएको छ ।

उदघाटन समारोहस्थललाई सभापति रवि लामिछाने र प्रधाननमनत्री तथा बरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्दै छन् ।

रास्वपाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट ४ हजार २१८ प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । प्रधानमन्त्री तथा पार्टीका बरिष्ठ नेता बालेन शाह महाधिवेशनमा भाग लिन चितवन पुगिसकेका छन् ।

त्यस्तै रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका नेताहरु पनि सहभागी हुदैछन् । जसमा नेपाली काँग्रेसका सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता बर्षामान पुन र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायत रहेका छन् ।

प्रकाशित मिति : आइतबार, असार ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij