JanataToday.com

Advertisment

SKIP THIS

रास्वपाको अझै शुरू भएन बन्दसत्र

रास्वपाको अझै शुरू भएन बन्दसत्र

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को चितवनमा चलिरहेको पहिलो महाधिवेशनको बन्दसत्र अझै शुरू भएको छैन । बिहान साढे ८ बजे शुरू हुने भनिएको बन्दसत्र अझै शुरू हुन नसकेको हो ।

शुरूमा प्राविधिक समस्याका कारण केही ढिलाइ भइरहेको बताइए पनि रास्वपाका नेताहरूले अहिले महाधिवेशन प्रतिनिधिको तय भएको नामावली सच्याउनुपर्ने भएकाले केही ढिलाइ भइरहेको बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मधेश प्रदेशका प्रतिनिधिहरू केही छुटेकाले उनीहरूलाई समावेश गर्ने गरी गृहकार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार महाधिवेशन प्रतिनिधिको सङ्ख्या केही बढिसकेको छ ।

आज बिहानसम्म झन्डै ४ हजार ३०० जना प्रतिनिधि पुगेका र अब मधेशका केही थपिने क्रममा रहेका प्रवक्ता झाले जानकारी दिनुभयो । उहाँले अब रास्वपाको महाधिवेशन एक दिन लम्बिन सक्ने पनि बताउनुभयो ।

विविध कारणले ढिला हुनसक्नेबारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको भन्दै उहाँले एक दिन लम्बिनुलाई स्वाभाविक रूपमा लिएको बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, असार ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij