भैरहवा, रुपन्देही प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी गाउँपालिका–२ खर्बिन्द टोल क्षेत्रमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मैनिहवाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–२ हनुमान गडिया निवासी ३८ वर्षीय बिजु यादव रहेका छन्।
प्रहरीले उनको साथबाट लागू औषधजस्तो देखिने डायजेपाम इन्जेक्सन आईपी २ एमएल १३५ एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन आईपी २ एमएल १३५ एम्पुल र फेनार्गन १३५ एम्पुल बरामद गरेको जनाएको छ। साथै ओप्पो र किवर्ड ब्रान्डका दुई थान मोबाइल फोन समेत फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका लागू औषध तथा अन्य सामग्रीसहित पक्राउ परेका यादवमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, असार ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्