अमेरिका पुर्‍याइएका २ वटा मूर्ति नेपाललाई फिर्ता

अमेरिका पुर्‍याइएका २ वटा मूर्ति नेपाललाई फिर्ता

काठमाण्डौ – नेपालबाट चोरी गरी अमेरिका पुर्‍याएका २ वटा मूर्ति फिर्ता भएको छ । न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासमा आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीको मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

महावाणिज्य दूतावासका अनुसार १३औँ शताब्दीको कांस्य पद्मपाणीको मूर्ति काठमाण्डौको थमबहिलको अनुपम कलाकृति मानिन्छ । यो मूर्ति सन् १९७१ र १९७७ बीचको समयमा अवैध रूपमा अमेरिका पुर्‍याइएको अनुमान छ ।

त्यसैगरी १६औँ शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति ललितपुरको इबहाबहीको उत्कृष्ट काष्ठकलाको नमूना मानिन्छ । यो मूर्ति सन् १९६९ र १९८३ बीचमा चोरी गरी अमेरिका लगिएको अनुमान छ ।

यी मूर्ति न्युयोर्कमा रहेको महानगर सङ्ग्रहालयबाट बरामद भएको थियो । यी दुवै सम्पदा नेपाल पठाउने तयारी छ ।

प्रकाशित मिति : बुधबार, असार १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij