रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक, को को छन् ?

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक, को को छन् ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिएको छ ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गतका शीर्ष पदाधिकारी पदहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।

सार्वजनिक सूचीअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न क्लस्टरहरूमा उम्मेदवारी परेको छ । पदाधिकारीमा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचन भएकाले अब उपसभापति – महिला, महामन्त्री र एक महिलासहित ३ सहमहामन्त्रीको निर्वाचन हुदैछ ।

महिला उपसभापतिमा सोबिता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यबीच प्रतिष्पर्धा हुने भएको छ । यसअघि उम्मेदवार बनेका कविन्द्र बुर्लाकोटी, शिशिर खनाल र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै सहमहामन्त्रीमा खुला तर्फ २ जनाका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्तबीच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै सहमहामन्त्री एक महिलाका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माबीच प्रतिष्पर्धा हुने भएको आयोगले जनाएको छ ।

रास्वपाको पहिलो चरणबाट सभापति र ९९ केन्द्रीय सदस्य चयन भइसकेका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता तथा छानबिनको प्राविधिक कार्य सकिएलगत्तै अन्तिम नामावली प्रकाशन गरेर मतदानको व्यवस्था मिलाउने तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, असार १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij