काठमाडौं । बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । श्रममन्त्री रामजी यादवले भने पराजय व्यहोरे ।
महाधिवेशनमा सर्वाधिक मत ल्याउने तीनजना नै मन्त्रीहरु छन् । अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, कानून मन्त्री सोविता गौतम र परराष्ट्रमन्त्री शिशिर खनालले सर्वाधिक मत ल्याएर जितेका हुन् । केन्द्रीय सदस्यमा विजयी हुने अन्य मन्त्रीहरुमा बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, सीता वादी, निशा मेहता र गीता चौधरी रहेका छन् ।
सरकारका ६ जना मन्त्रीहरुले भने रास्वपाको चुनावमा उम्मेदवारी दिएनन् । प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेतामा निर्वाचनबिनै छानिए ।
गृहमन्त्री सुधन गुरुङ, पर्यटनमन्त्री खडकराज पौडेल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल, उद्योगमन्त्री गौरीकुमारी यादवले पनि चुनावी दौडमा भाग लिएनन् । उनीहरु मनोनित केन्द्रीय सदस्य बन्न सक्नेछन् ।
श्रम मन्त्री रामजी यादव भने चुनावी प्रतिस्पर्धामा पछि परे । खुल्ला केन्द्रीय सदस्यमा उठेका उनले ८६९ मत ल्याएका थिए । केन्द्रीय सदस्यको दौडमा रहेका सबै मन्त्रीले १५ सय मत कटाए पनि यादवलाई उल्लेख्य भोट आएन ।
प्रकाशित मिति : शुक्रबार, असार १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्