पर्सि मंगलबारसम्म मनसुन देशभर फैलिने सम्भावना

पर्सि मंगलबारसम्म मनसुन देशभर फैलिने सम्भावना

unn.prixa.net

काठमाण्डौ – पर्सि मंगलबारसम्म मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना छ । यस वर्ष सरदर मिति भन्दा ६ दिन ढिला गरी गएको असार ५ गते अर्थात् (जुन १९ तारिख)मा पूर्वमा प्रवेश गरेको मनसुन असार ८ देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो । तर मनसुन कमजोर अवस्थामै छ ।

मध्यअसार भइसक्दा पनि पानी पर्न नसक्दा धान रोपाइँ प्रभावित हुँदै आएको छ । आज दिउँसो देशभर मौसम साधरणतया बदली रहने अनुमान छ । गए राति कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा पानी परेको छ । बिहान काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ । आज राति पनि देशभर मौसम साधरणतया बदली नै रहनेछ ।

प्रकाशित मिति : आइतबार, असार १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij