काठमाडौँ , जल तथा मौसम विज्ञान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम सम्मको वर्षा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम सम्मको वर्षाको सम्भावना छ । देशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।
त्यस्तै आज राति देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भुभाग, साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भुभागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रकाशित मिति : बुधबार, असार २४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्