केही ठाउँमा ठूलो वर्षा, आज दिउँसो र राति पनि मुसलधारे पानी पर्ने

केही ठाउँमा ठूलो वर्षा, आज दिउँसो र राति पनि मुसलधारे पानी पर्ने

काठमाण्डौ – गएराति र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरू ठाउँका तुलनामा कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक, दोलखा, सङ्खुवासभा, नवलपरासी, चितवन, पाल्पा र रुपन्देहीमा ठूलो पानी परेको छ ।

आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशको पहाडका एक/दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

warning-map-day-2-1783512629031-1783558550.png

प्रकाशित मिति : बिहिबार, असार २५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij