काठमाण्डाै – सरकारले मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायब महनिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
गृहमन्त्री सुधन गुरुङले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै समिति गठन भएकोबारे जानकारी गराउनुभएको हो । गृहमन्त्री गुरुङले ५ सदस्यीय छानबिन समिति गठन गरेकाे जानकारी दिनुभयो । उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ ।
गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
हिजो जलनपछि वीर अस्पताल पुर्याइएका मुगुको सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय नेपालीको आज बिहान उपचारका क्रममा ज्यान गएको हो ।
प्रकाशित मिति : शुक्रबार, असार २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्