काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीमा भएको संविधान संशोधन र विशेषाधिकारका रूपमा लागु हुने व्यवस्था बदरको माग राखेर सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
प्रतिनिधिसभाबाट गत जेठ २१ गते पारित नियमावलीको नियम १४० र २५९ मा गरिएका व्यवस्थाका कारण संविधानका मर्ममाथि आघात पुगेको दाबीसहित बदर घोषित गर्न माग राखेर रिट दर्ता भएको ह
संविधान र कानुनसँग प्रत्यक्ष बाझिने गरी विवादास्पद नियमावली ल्याइएको दाबीसहित नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेता कमलादेवी पन्त, राष्ट्रियसभामा कांग्रेसका सचेतक पदमबहादुर परियार र प्रतिनिधिसभाका लागि कांग्रेसको उपनेता रहेका अभिशेकप्रताप शाह र संसदीय दलको प्रमुख सचेतक बासना थापाले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
प्रकाशित मिति : शुक्रबार, असार २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्