काठमाडौँ -विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।
ट्राफिक नियम उल्लंघनमा ५० हजार रुपैयाँ जरिवानाको विषयमा दिएको अभिव्यक्ति विवादमा परेपछि उनले फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन्। पुनले सार्वजनिक महत्वका अत्यावश्यक विषयबाहेक कुनै पनि युट्युबर, सामाजिक सञ्जाल वा पत्रकारलाई एक वर्षसम्म अन्तर्वार्ता नदिने बताएका छन्।
उनले ट्राफिक जरिवानाबारे दिएको अभिव्यक्ति फिर्ता लिँदै माफी पनि मागेका छन्। साथै, ५० हजार जरिवानाको प्रसंग आफूले नभई अन्तर्वार्ताकारहरूले उठाएको दाबी गर्दै ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई आवश्यक दण्ड र जरिवाना हुनुपर्ने आफ्नो धारणा दोहोर्याएका छन्।
प्रकाशित मिति : शनिबार, असार २७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्