अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

Argentina's Lionel Messi (10) battles for the ball with Switzerland's Manuel Akanji (5) during the World Cup quarterfinal soccer match between Argentina and Switzerland in Kansas City, Mo., Saturday, July 11, 2026. (AP Photo/Ed Zurga)

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

खेलको १० औँ मिनेटमा कप्तान लियोनेल मेसीको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले अघि रहेको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्डले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो ।

६७औँ मिनेटमा रिकार्डो रोड्रिगेजको पासमा डान न्डोएले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए। त्यसपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो ।

स्विट्जरल्यान्डले ७२ औँ मिनेटमा ठूलो झट्का बेहोर्नुपर्‍यो । ब्रिल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो र टोली १० खेलाडीमा सीमित बनेको थियो । एक खेलाडी कम भए पनि स्विट्जरल्यान्डले निर्धारित समयसम्म अर्जेन्टिनालाई थप गोल गर्नबाट रोक्न सफल भयो ।

तर अतिरिक्त समयको ११२औँ मिनेटमा जे. लोपेजको पासमा जुलियन अल्भारेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको छ। अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : आइतबार, असार २८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij