सडक दुर्घटनामा बुटवलमा एक जनाको ज्यान गयो

सडक दुर्घटनामा बुटवलमा एक जनाको ज्यान गयो

बुटवल , रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ तिनकुने क्षेत्रमा गएराति भएको स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार मृत्यु हुनेमा बुटवल–९ एकतापथ निवासी २१ वर्षीय रिवाज श्रेष्ठ रहेका छन् ।

होराइजन चोकबाट तिनकुनेतर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर सोमबार राति करिब १२ः१५ बजे अनियन्त्रित भई हाईमास्ट लाइटको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, असार ३० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij