काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुन बनाउन आफ्नो संख्या नपुगे पनि सांसदहरुले बहस र संशोधनबाट सहि कानुन कस्तो हुन्छ भन्ने प्रकट हुनुपर्ने बताएका छन् । एमालेका सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले तय गरेको योजना र सिद्धान्तलाई सांसदहरुले बोकेर हिडेमा सानो भएपनि शक्ति निर्माण हुने बताउदै सानो संख्या भएपनि बहस र संशोधनबाट सहि कानुन कस्तो हुन्छ प्रकट हुनुपर्ने बताएका हुन् ।
ओलीले सांसदहरुलाई पार्टीका विभागसँग समन्वय गरेर संसदमा कुरा राख्न आग्रह गर्दै संगठित ढंगले काम गर्न निर्देशन दिए ।
ओलीले अहिले पनि युवाहरु विदेश जाने क्रम नरोकिएको टिप्पणी गर्दै गत बर्ष यति बेला देश खाली भएको भनेर प्रचार गरिएको तर अहिले भने विदेश जाने अधिकार हो भन्ने तर्फ ब्याख्या गरिन लागेको बताए ।
उनले मिटर ब्याजी पिडितहरुलाई सरकारबाट फेरी धोका पाएको बताउदै यो कुरा उनीहरुले केहि समयपछि थाहा पाउने टिप्पणी गरे ।
प्रकाशित मिति : आइतबार, साउन ३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्