आज पनि केही ठाउँमा ठूलो पानी पर्ने : भोलिदेखि सुधार आउने सम्भावना

आज पनि केही ठाउँमा ठूलो पानी पर्ने : भोलिदेखि सुधार आउने सम्भावना

काठमाण्डौ – आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेश प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । देशभर अधिकांश ठाउँमा बादल लागेको छ ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ । गएराति बागमती र कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ ।

गएको शनिवारदेखि शुरु भएको पानी पर्नेक्रम भोलिदेखि क्रमशः कम हुँदै जाने मौसमविद्को अनुमान छ । वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार आज देशका विभिन्न ठाउँमा वर्षा भए पनि भोलिदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ ।

प्रकाशित मिति : मंगलबार, साउन ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij