नेपाली कांग्रेसको नयाँ अभियान ‘नवीन परिस्थिति, नवीन सङ्कल्प’ घोषणा; शुरू

नेपाली कांग्रेसको नयाँ अभियान ‘नवीन परिस्थिति, नवीन सङ्कल्प’ घोषणा; शुरू

काठमाण्डाै – नेपाली कांग्रेसले ‘जरा अभियान’ समापन गर्दै ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ शुरू गरेको छ ।

आज राष्ट्रिय सभागृहमा आयोजित बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति गगन थापाले नयाँ अभियानको घोषणा गर्नुभएको हो ।

यसअघि कांग्रेसले गएको वैशाख १ गते शुरू गरेको ‘जरा अभियान’ अन्तर्गत गाउँगाउँमा सदस्यता विरणतसँगै छलफल, सभा, सम्मेलन आयोजना भएको थियो ।

सभापति थापाले बीपी स्मृति दिवसका अवसरमा हिजो कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रमलाई ‘गगन थापा निन्दा’ प्रतियोगिताको संज्ञा दिँदै त्यसमा आफूले धेरै ध्यान नदिएको बताउनुभयो । सबैलाई समेटेर पार्टीलाई अगाडि लैजान सक्दो प्रयास गरिरहेको उहाँकाे भनाइ छ ।

यसैबीच आन्तरिक विवादमा जेलिएको कांग्रेस गम्भीर मोडमा पुगेको छ । विशेष महाधिवेशनपछि सभापति गगनकुमार थापा र संस्थापन इतर पक्ष—पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूहबीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको हो ।

विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतरपक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेलामार्फत नयाँ दल गठन गर्नेसम्मको रणनीति बनाएको छ ।

प्रकाशित मिति : बिहिबार, साउन ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij