प्रदेश सरकारबारे एमाले र नेकपाबीच तीन बुँदे सहमति

प्रदेश सरकारबारे एमाले र नेकपाबीच तीन बुँदे सहमति

काठमाण्डौ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने लिखित सहमति भएको छ । आज शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व गर्नेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हाल्नेछ।

यद्यपि, गण्डकी र मधेश प्रदेशको सरकार गठनबारे भने अझै टुंगो लागेको छैन । यी दुई प्रदेशमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अन्य राजनीतिक दलहरूसँग थप छलफल गरी नेतृत्व र सहभागिताको ढाँचा तय गर्ने सहमति भएको छ।

f5b5aae7-3146-4653-ab49-a4f6b7eb2757-1784981461-1784982384.jpg

प्रकाशित मिति : शनिबार, साउन ९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij