JanataToday.com

Advertisment

SKIP THIS

औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पानीबाट चल्ने गाडी आकर्षकको रुपमा रहने

औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पानीबाट चल्ने गाडी आकर्षकको रुपमा रहने

Print

बुटवल।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुसमा सञ्चालन गर्न लागिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पानीबाट चल्ने गाडी आकर्षकको रुपमा रहने छ । गाडी चलाउन ईन्धन आवश्यक पर्ने भएकाले पानीबाट चल्ने गाडी कस्तो होला भन्ने सबैलाई उत्सुकता हुन सक्छ । पानीबाट गाडी चल्ने पद्धती तथा त्यसको बारेमा जानकारी गराउने उद्देश्यले मेलामा राख्नलागिएको बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा मेला प्रचार प्रसार समितिका संयोजक मुक्ति अधिकारीले जानकारी गराउनु भयो ।
बुटवल मिलनचोकमा रहेको ‘जिसी रिसर्च एण्ड डेभलपमेन्ट कम्पनी’ले पानीबाट गाडी चल्ने प्रणालीको बिकास गरेको र त्यही प्रणालीलाई मेलामा राख्न लागिएको हो । उक्त कम्पनीले नेपालमा मात्रै नभएर विश्वमै पहिलो पटक पानीबाट गाडी चल्ने प्रणाली अध्ययन गरेर बिकास गरेको हो ।
त्यसकालागि गाडीमा एउटा छुट्टै डिभाईस जडान गर्नुपर्ने कम्पनीका मेकानिकल ईञ्जिनियर शिशिर जिसीले बताउनु भयो । उहाँका अनुसार हरेक प्रकारका गाडी र जेनेरेटरमा समेत यो डिभाईस जडान गर्न मिल्छ । गाडी चलाउनकालागि ६० प्रतिशत ईन्धन र ४० प्रतिशत पानी (केमिकल ट्रिट वाटर) आवश्यक पर्छ । जडान गरिएको डिभाईसबाट पानी सप्लाई गरिन्छ । उक्त पानी ग्याँसमा परिणत भएर ईञ्जिनमा प्रवेश गराईन्छ । उक्त डिभाईसमा ४ दशमलव ६ लिटर पानी अटाउँछ । त्यसले गाडीलाई १ हजार ५ सय किलोमिटर गुडाउँछ ।
सामान्यतया ईन्धनमा पानी मिसियो भने ईञ्जिनलाई सिज समेत गराउन सक्छ । तर यो प्रणालीबाट चलाईने गाडीको माईलेज, पावर, पिकअप बढाउने, ईञ्जिनलाई स्मुथ बनाउने र चलाउन समेत धेरै सजिलो हुने ईञ्जिनियर जिसी बताउनु हुन्छ ।
त्यस्तै गाडी भित्र शुद्ध अक्सिजन प्रदान गर्ने र यसैका कारण गाडीको साईलेन्सरबाट निस्कने धुवामा कार्वनमोनो अक्साईड र हाईड्रो कार्वन उत्सर्जनमा कमि हुने भएकाले वातावरणका हिसावले पनि बढी उपयोगी भएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : सोमबार, मंसिर १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij