काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
शान्ति-सुरक्षा अवस्था बिग्रन सक्ने जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले आज दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु लागू गरिएको हो ।
कर्फ्यु आदेशअनुसार पूर्वमा पकली चोकदेखि पश्चिममा कोशी ब्यारेज पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर-दक्षिण २०० मिटर क्षेत्रभित्रका स्थान र सम्पूर्ण इनरुवा बजार क्षेत्र कर्फ्युको दायरामा पर्नेछन् ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउलगायतका सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले सर्वसाधारणलाई शान्ति-सुरक्षा कायम राख्न सहयोग गर्न तथा कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्