आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, बिहीबारदेखि अस्पताल खुल्ने

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, बिहीबारदेखि अस्पताल खुल्ने

काठमाडौं — नेपाल चिकित्सक संघ र सरकारबीच ५ बुँदे सहमति भएपछि २ दिनदेखि जारी देशव्यापी चिकित्सक आन्दोलन फिर्ता भएको छ ।

बुधबार चिकित्सक संघले जारी गरेको विज्ञप्तिअनुसार गृह मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्तिविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ बमोजिम कानुनी कारबाही गर्ने सहमति भएको छ । सहमतिपछि संघले बुधबारदेखि सबै आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ को दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता, २०७४ का दफा २३२ र २३३ संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधिसभाको आगामी संसद् अधिवेशनमा संशोधन प्रस्ताव पेस गर्ने र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : बुधबार, साउन १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij