आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

???????????? ???? ??????????, ?? ????? : ?????????????? ?????? ?????????????? ????? ????? ????? ???? ? ?????? : ??????? ?????/????

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरुले किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्भाव कायम गर्न तथा मानव बेचविखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गरेका हुन्

सांसद सम्झना देवकोटाले कोशी प्रदेशको सुनसरी र मधेस प्रदेशमा देखिएको साम्प्रदायिक तनाव न्यूनीकरणका लागि सरकार र स्थानीय तहले सक्रिय पहल गर्नुपर्ने बताइन । उनले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै समाजमा आपसी सद्भाव कायम गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने जानकारी दिइन ।

 

सांसद राजेन्द्रलक्ष्मी गैरेले मानव बेचविखनका नयाँ स्वरूप देखिन थालेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी रणनीति आवश्यक रहेको बताइन। बेरोजगारीका कारण रोजगारीको खोजीमा विदेश जाने क्रममा महिला, पुरुष तथा बालबालिका हराउने र मानव तस्करीको जोखिममा पर्ने घटना बढिरहेको उल्लेख गर्दै उनले यसको रोकथाममा विशेष ध्यान दिन आग्रह गरिन् ।

उनले लामो समयदेखि समाधान हुन नसकेको सुकुमवासी समस्यालाई पनि प्राथमिकताका साथ समाधान गर्न सरकारसँग माग गरिन् ।

प्रकाशित मिति : सोमबार, साउन १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij