बुटवल । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको गुनासो बढेपछि मँगलाबर बुटवल तथा तिलोत्तमामा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालाय रुपन्देही, ईलाका प्रशासन कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण पञ्च तथा ग्यास विक्रेता संघ रुपन्देहीको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आपूर्तिको अनुपातमा माग अत्याधिक रहेको भेटिएको छ । ग्यास अभावको हल्लाले उपभोक्ताहरुले घरमा आवश्यकता भन्दा बढी ग्यास स्टक राख्नाले समस्या देखिएको ईलका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत सागर गौतमले बताए । अनुगमनपछि ग्यास डिलरहरुलाई टोकन प्रणाली लागू गरेर भएपनि उपभोक्ताले अतिरिक्त भण्डारण गर्न नमिल्ने गरी वितरण गर्न सुझाव दिइएको बताए । विशेष गरी कोठा भाडामा बस्ने विद्यार्थी, अपाङ्ग, जेष्ठ नागरिक, सुत्केरी महिला लगायत संवेदनशिल क्षेत्रका नागरिकलाई पहिलो प्राथमिकता दिन आग्रह गरिएको उनले बताए ।
ग्यास विक्रेता संघ रुपन्देहीका उपाध्यक्ष ज्ञानेन्द्र बन्जाडेका अनुसार उपभोक्ताबाट एक्कासी माग बढ्दा आपूर्ति गर्न समस्या भएको बताए । विगतमा दैनिक १०÷१२ हजार सिलिण्डर माग हुँदै आएकोमा अहिले त्यसको दोब्बर करिब २५ हजार सिलिण्डर माग हुने गरेको छ । यस्तो हुनुका कारण विगतमा आधा सिलिण्डर ग्यास वितरण गर्नुका साथै अभाव भएको अफवाह फैलनु हो । उनका अनुसार रुपन्देहीमा अहिले पनि १२ सिलिण्डर ग्यास आयात भए पनि माग दोब्बर रहेको छ । यो समस्या एक सातापछि भने समाधान हुँदै जाने उनले बताए । संघले सबै डिलरहरुमा राष्ट्रसेवक कर्मचारी, विद्यार्थी, अपाङ्ग–अशक्त, जेष्ठ नागरिक तथा क्रियापत्रीका लागि कम्तिमा ५ वटा सिलिण्डर आकस्मिक प्रयोगका लागि छुट्याएर राख्न आग्रह गरेको छ । संघले निर्धाण गरेका लक्षित वर्गहरुलाई पहिलो प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउन निर्देशन गरिएको उपाध्यक्ष बन्जाडेले बताए ।
मँगालबार बुटवल तथा तिलोत्तमाका आधा दर्जन बढी डिलरमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा केही डिलरले ग्यास सिलिण्डर लुकाएर राखेको भए पनि तत्कालै वितरणका लागि निर्देशन गरिएको तथा भेटिएका कमजोरीहरुलाई तत्काल सुधारका लागि निर्देशन गरिएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुद्र जिसीले बताए ।
प्रकाशित मिति : मंगलबार, साउन १९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्