भैरहवा । २८ औं अपाङ्गता दिवसमको अवसर पारी रोहिणी गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । “दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य” भन्ने मूल नारा सहित दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रोहिणी गाउँपालिकाले यस अघि अपाङ्गमैत्री विभिन्न काम गरेको र आगामी दिनमा समेत यस्तो कामलाई निरन्तरता दिईने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाले गाउँपालिकाले आफै घर घरमा खटेर अपाङ्गता परिचय पत्र वितरण गरेको र सोही आधारमा बिभिन्न् सुविधाहरु प्रदान गरि रहेको जानकारी दिनुभयो ।
रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमारको अध्यक्षता, रोहिणी गाउँपालिका प्रमुख सनोज कुमार यादवको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्षहरु सरोज कुमार पाण्डे, बिर बहादुर क्षेत्री, घनश्याम सिंह क्षेत्री लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन शान्ती यादवले गर्नुभएको थियो ।
दिवसकै अवसर पारेर गाउँपालिकाका आयोजनामा ¥यालीको समेत आयोजना गरिएको थियो । गाउँपालिकाबाट शुरु भएको ¥याली धकधई बजार परिक्रमा गरि श्री राम नरेश आदर्श माध्यमिक बिद्यालयमा आई कार्यक्रम गरि समापन भएको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्