जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा

जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा

काठमाण्डौ , जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ ।

बन्दीप्रत्यक्षकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो । उहाँ गएराति थुनामुक्त हुनुभएको हो । सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उहाँविरूद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा उजुरी परेको थियो । श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनुभएको छ ।

प्रकाशित समाचार गलत भए कानुनी प्रक्रियामार्फत त्यसको खण्डन गर्न सक्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उहाँलाई गएको साउन २७ गते मध्यराति पक्राउ गरेको थियो ।

प्रकाशित मिति : मंगलबार, भाद्र २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij