JanataToday.com

Advertisment

SKIP THIS

नवलपरासीका किसानले उखुको ५२ करोड भुक्तानी पाएनन

नवलपरासीका किसानले उखुको ५२ करोड भुक्तानी पाएनन

बुटवल,
बर्षेनी उद्यारोमा उखु बेच्न बाध्य नवलपरासीका किसानहरुले यसपाली पनि उखुको भुक्तानी समयमै नपाउदा मर्कामा परेका छन । चिनी मिलहरु बन्द भएको सात महिना बितिसक्दा पनि आफुहरुले भुक्तानी नपाएको उखु किसानले बताएका हुन । उखुको भुक्तानी नपाउदा ऋण खोजेरै परिवारको गुजारा गर्नु परेको सुस्ता पक्लीहवाका किसान नगेन्द्र कुर्मीले गुनासो गरे ।
जिल्लामा गत बर्ष ६८ करोड मुल्य बराबरको झण्डै १३ लाख क्वीन्टल उखु क्रसिङ्ग भएको थियो । क्रसिङ्ग गरेको एक महिना भित्रै भुक्तानी दिने गरी मिलहरुले किसानबाट उखु खरीद गरेका हुन । तर सात महिना बितिसक्दा पनि उद्योगीले भुक्तानी दिन अटेरी गरीरहेका छन । एसुस्ता २ कुडीयाको बागमती खाँडसारी मिलले किसानको करिब ३६ करोड मध्ये २३ करोड भुक्तानी गरेको छ । उसले अझै १३ करोड भुक्तानी गर्न बाँकी नै छ । गतबर्ष ३ लाख ६० हजार क्वीन्टल उखु क्रसिङ गरेको प्रतापुरको इन्दिरा सुगर मिलले अहिले सम्म एक रुपैँया भुक्तानी दिएको छैन । इन्दिराले गत बर्षको १९ करोड रुपैँया उखु किसानलाइ भुक्तनी दिन बाँकी छ । यो उद्योगले दुइ बर्ष अघिकै डेढ करोड बढी भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक कृषक समिति नवलपारसीका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।
सुनवलको लुम्बिनी चिनी उद्योगले पनि अहिले सम्म किसानलाइ भुक्तानी दिएको छैन । यो उद्योगले क्रसिङ्ग गरेको २ लाख २८ हजार बढी क्वीन्टल उखुको करिब १२ करोड रुपैँया भुक्तानी बाँकी रहेको कृषक समितिले जनाएको छ । गत बर्ष उत्पादित चिनी आधा भन्दा धेरै बेचिसकेका उद्योगीले चिनी नबिकेको बहाना बनाएर किसानलाइ भुक्तानी दिन आलटाल गरीरहेका छन । एकातिर चिनी बिक्रि नभएको बहानामा किसानको भुक्तानी रोकेर चिनीकै मुल्य बढाउने र अर्कौतिर उखुको मुल्य कम तोक्न सरकारलाइ दवाव दिने दोहोरो रणनीतिमा सुरु देखीनै यहाँका उद्योगी लागेका छन । जसको मारमा किसान परेका हुन ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद मरासीनीले उद्योगीलाइ उखुको भुक्तानी दिन पटक पटक अल्टिमेटम दिइएको बताए । गत असारमा पनि उनले उद्योगीलाइ अल्टिमेटम दिइएको र साउन भित्रै किसानले उखुको भुक्तानी पाउने नागरिकलाइ बताएका थिए । जिल्लाका किसानले भने राजनीतिक र आर्थिक पहुँचकै कारण किसानमारा उद्योगीले सरकार तथा प्रशासनबाटै संरक्षण पाइरहेको गुनासो गर्छन । ‘जव जव हामी डेलिगेसन जान्छौ तब प्रशासनले उद्योगीलाइ बोलाएर प्रतिवद्धता गराए झै गर्छ । तर उद्योगीले प्रतिबद्धता पुरा गरे की गरेनन भनेर चाँसै दिइदैन’ उखु किसान विश्वबन्धु यादवले भने । उखु किसानका समस्याका बारेमा स्थानीय र प्रदेस सरकार पनि अहिले सम्म चुइक्क नबोलेको किसानको गुनासो छ । निर्वाचनका बेला उखु किसानका समस्यालाइ सदाकालागि हल गर्ने बाचा गरेका यस क्षेत्रका जनप्रतिनिधि, सांसद तथा मन्त्री बनेकाहरुले समेत उखु किसानका समस्यालाइ अनदेखा गरीदिएको भन्दै किसानहरु आक्रोस पोख्छन । ‘गरीब किसान अलपत्र पर्दा हाम्रो बारेमा बोलीदिने कोही भएन । हाम्रै भोटले जितेका मन्त्री र सांसदहरुले पनि हामीलाइ समस्या पर्दा कहिल्यै हेरेनन’ उखु किसान यादवले भने ।
सरकारी अनुदानको ८ करोड पनि पाएनन
आठ महिना देखि उखुको भुक्तानी नपाएका जिल्लाका किसान सरकारबाट समेत ठगिएका छन । गत बर्ष क्रसिङ्ग गरीएको उखुको अनुदान बापतको साढे ८ करोड रुपँेया किसानले पाएका छैनन । सरकारले गतबर्ष उखुको मुल्य प्रतिक्वीन्टल ५ सय ३६ रुपैँया तोकेको थियो । जसमध्ये ६५ रुपँैया ५० पैसा प्रतिक्वीन्टल सरकारले दिने अनुदान हो । नवलपरासीमा गत बर्ष करिब १३ लाख क्वीन्टल उखु क्रसिङ्ग भएको थियो । अहिले सम्म सरकारी अनुदान एक रुपैँया पनि प्राप्त नभएको उखु उत्पादक कृषक समितिका अध्यक्ष यादवले बताए ।

प्रकाशित मिति : बुधबार, मंसिर १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij