नेवि संघ रुपन्देही द्धारा बुटबलको मिलनचोकमा चक्काजाम

नेवि संघ रुपन्देही द्धारा बुटबलको मिलनचोकमा चक्काजाम

नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीले बुटवलमा चक्काजाम गरेको छ ।
भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराको पक्षमा जनदबाबका दिन र सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धि फिर्ताको माग गर्दै बुटवलमा नेबिसंघले प्रदर्शन गरेको हो ।
नेपाल विद्यार्थी संघ रुपन्देहिले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भुमि कालापानी, लिपुलेक, लिम्पियाधुराको पक्षमा जनदबाबका लागि भारत सरकार विरुद्ध आज बुटबलको मिलनचोकमा चक्का जाम गरेको छ रुपन्देहिका बिभिन्न क्याम्पसबाट सहभागी भएर आएका बिद्यार्थीहरु चक्का जाममा सहभागी भएका थिए ।९ बजे देखि सुरु भएको चक्का जाम करिव एक घण्टा सम्म चलेको थियो ।कोणसभामा बोल्दै नेविसंघ सिद्धार्थ क्याम्पसका सभापति महेश पौडेलले जनताका हित बिपरित सरकार चलेकोले आफुहरु सडकमा उत्रिनुपरेको बताउनुभयो

उहालेसरकारले गरेको मुल्य बृद्धि फिर्ता र भारतले नक्सा नसच्याउदासम्म आन्दोलनका कार्यक्रमहरु निरन्तर गरिने समेत बताउनुभयो ।

नेपाल बिद्यार्थी संघ रुपन्देहीका नेता छाया पोखे्रल ,सन्तोष डिसी, सिद्धार्थ क्याम्पस इकाइ सभापति महेश पौडल ,लुम्बिनि बाणिज्य क्याम्पस इकाइ सभापति सुरज क्षेत्री लगायले आ—आफ्नो क्याम्पसबाट आन्दोलनको नेतृत्व गर्दै मिलनचोक पुगेका थिए ।

प्रकाशित मिति : बुधबार, मंसिर १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij