काठमाण्डौ , बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न २६ ठाउँमा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ ।
हिजो मात्रै प्रभावित दुई जिल्लामा तीन हजार ४५४ जनालाई आश्रय तथा राहत वितरण गरिएको छ । प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ ।
साथै त्रिशूली ढुङ्गे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफहाउसरकिरियापुत्री भवनमा, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ । बेत्रावती भैसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्यैरीनी मावि, त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हलरभैरुम मावि, रिमालडाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ ।
विदुर–३ देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी माविरवडा कार्यालयमा व्यवस्थापन गरिएको छ । विदुर–९ का प्रभावितलाई त्रिशूली आवि र शुलक्षणा माविमा राखिएको छ । बेलकोटगढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ ।
प्राधिकरणका अनुसार विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली उपलब्ध रहेको छ । त्रिशूली नदी पारी रहेका क्षेत्रमा हाल हेलिकप्टरबाट मात्र पहुँच सम्भव भएकाले वैकल्पिक रूपमा गल्छीको पुल हुँदै आश्रयस्थलसम्म पुग्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र १५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्