भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार १२७ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार १२७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहानसम्म १ हजार १२७ जनाको शव फेला परेको छ

प्रहरीका अनुसार रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जनाको शव फेला परेको हो ।

फेला परेका शवमध्ये १ हजार ११३ जनाको लासजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई बुझाइएको छ । पहिचानका लागि आवश्यक प्रक्रिया तथा डीएनए नमुना सङ्कलनपछि ८६९ शव व्यवस्थापन गरिएको छ । तीमध्ये १७४ महिला, २५७ पुरुष र ४३८ जनाको लिङ्ग पहिचान हुन सकेको छैन ।

पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ । प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार गरिएको छ भने ४ हजार ८५८ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार २२५ जनालाई राखिएको छ । नुवाकोटमा २ हजार १२६, धादिङमा ३३१, रसुवामा ४३३ र काठमाडौंमा ३३५ जना रहेका छन् ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र १७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij