भोटेकोशी बाढीः हालसम्म १,२९० जनाको शव फेला, करिब ५ हजार अझै बेपत्ता

भोटेकोशी बाढीः हालसम्म १,२९० जनाको शव फेला, करिब ५ हजार अझै बेपत्ता

काठमाडौंः भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १,२९० जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मृतकको संख्या बढ्दै गएको छ भने अझै ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेका छन्।

फेला परेका १,२९० शवहरूमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन्। यस्तै ५३२ वटा मानव शरीरका आंशिक अङ्गहरू फेला परेका छन् भने २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ९२६ वटाको व्यवस्थापन गरिसकिएको छ।

विपद्मा परी हालसम्म ४,७९८ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा २,८४७ स्वदेशी र ६०१ विदेशी नागरिक रहेका छन् भने १,३५० जनाको बारेमा फोनमार्फत जानकारी प्राप्त भएको छ। अर्कोतर्फ, सुरक्षाकर्मीको सक्रियतामा हालसम्म ८,१२७ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमध्ये ६,०९० पुरुष र २,४७२ महिला रहेका छन्।

अहिलेसम्म १,१४१ जना मृतकको पहिचान हुन सकेको छैन। पहिचानका लागि प्रहरीले मृतकका १,१४३ र आफन्तका ७१९ गरी कुल १,८६२ वटा डीएनए नमुना संकलन गरेको छ। पहिचान नभएका शवहरूको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij