काठमाडौं : माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ।
उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन्। सुरुङबाट सफलतापूर्वक उद्धार गरिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।
उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङमा परेका थिए। दुवैको अवस्था अहिले सामान्य रहेको जानकारी प्राप्त भएको छ। गत भदौ १० गते भोटेकोशी आएको बाढीले माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका थिए। बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। १ हजार २ सय बढीको शव फेला परेको छ भने ४ हजार २ सय बढी बेपत्ता छन्।
प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्