काठमाण्डौ – गएको भदौ १० गतेको भोटेकोशी हुँदै आएको बाढीमा परेका मध्ये अहिलेसम्म एक हजार ३४४ जनाको शव भेटिएको छ । पाँच हजारभन्दा धेरै हराइरहेका छन् ।
अहिलेसम्म १३ हजार ९८ जनाको उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म पाँच हजार ६६३ जनाको उपचार गरिएको छ ।
रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ३७ होल्डिङ सेन्टरमा चार हजार ६२७ जनाले सुरक्षित आश्रय लिइरहेका छन् । विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका पनि प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र २० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्