रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामन कोरला नाकाबाट ल्याइने भएको छ ।
हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ ।
सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तहसनहस बगाएका रसुवागढीस्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडकमार्ग तयार हुन समय लाग्ने देखिएपछि अब कोरला नाका प्रयोग गरी नेपालतर्फ सामन लैजाने काम धमाधम भइरहेको छ
उनले भने, “नेपालमा दसैँ–तिहारजस्ता ठूला चाडबाड सुरु हुन लागेको अवस्थामा छोटो सडकमार्ग प्रयोग गरी सामान ढुवानीको काम तीव्र रुपमा भइरहेको थियो ।”
उनले सामन ढुवानीका क्रममा रसुवागढी–त्रिशूली सडकमार्गमा रहेका कैयौँ ‘कन्टेनर’ बगी जनधनको क्षति व्यहोर्नुपरेको बताए । ‘नेपाली व्यापारी तथा व्यवसायीले चिनियाँ उत्पादक कम्पनीका सामान नेपाल ल्याउने क्रममा सीमावर्ती क्षेत्रसम्म ढुवानी गर्ने जिम्मेवारी पूरागरी पुख्र्यौली देशको सेवा गरिरहेको छु ।’ उनले भने ।
मुस्लिम समुदायका आफ्ना बाउबाजे काठमाडौँ–बागबजारबाट व्यापार–व्यवसायका सिलसिलामा तिब्बततर्फ आएको जानकारी दिँदै प्रबन्ध निर्देशक ज्याङले मुसा ट्रान्सपोर्टमार्फत हाल सिगात्से सहरमा रही नेपालको सीमा नाकासम्म सामान ढुवानीको कारोबार गर्दै आएको बताए ।
प्रकाशित मिति : आइतबार, भाद्र २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्