किम्रुङ खोलाको बहाव आज बिहान आफैं खुल्यो: जोखिमको अबस्था न्युन रहेको

किम्रुङ खोलाको बहाव आज बिहान आफैं खुल्यो: जोखिमको अबस्था न्युन रहेको

कास्की,   कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुलेको छ ।

हिजो बेलुका पहिरो खसेपछि खोला थुनिएको थियो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालले थुनिएको किम्रुङ खोलाको बहाव आज बिहान आफैं खुलेको स्थानियबासिन्दाबाट जानकारी प्राप्त भएको र पानी बिस्तारै बग्न थालेकाले जोखिम केही घटेको बताउनुभएको छ ।

खोला थुनिएको क्षेत्र विकट हुँदा बिहान ४ बजे त्यसतर्फ लागेको प्रहरी टोली अहिलेसम्म पुगिसकेको छैन । बरालकाअनुसार टोली पुगेपछि थप जानकारी प्राप्त हुनेछ । तर अहिले खोला साविकको अवस्थामा आइसकेको स्थानियबासिन्दाबाट जानकारी आएको उहाँको भनाइ छ ।

खोला थुनिएपछि गएराति किम्रुङ खोला, मोदीखोला र कालीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्की, बाढी पूर्वानुमान महाशाखा र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मोदीखोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका थिए ।

थुनिएको खोलबाट पानी एक्कासी बगेको अवस्थामा कास्कीको नयाँपुल, वीरेठाँटी हुँदै पर्वत, स्याङ्जा र पाल्पाको नदी किनारका बस्तीमा असर पर्न सक्ने आँकलन गरिएको थियो । किम्रुङखोला झिनुमा पुगेर मोदीखोलामा मिसिन्छ । साथै यसको प्रभाव कालीगण्डकी नदीमा समेत पर्न सक्ने अनुमान गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, भाद्र २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij