यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग

यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग

तिलोत्तमा, यशोदा ग्रुप अन्तर्गत यशोदा फुड्स प्रा.लि र श्रीराम टोबाको प्रा.लि,ले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ८१ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेका छन् ।बाढीबाट भएको जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्

उक्त रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी , चेयरमेन चुन्नप्रसाद शर्मा पौडेल ,निर्देशक नरिश्वर पौडेलले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।

साथै कम्पनीले बाढीप्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङलगायत अतिप्रभावित स्थान तथा पीडितलाई राखिएका आश्रयस्थलमा अत्यावश्यक राहत सामग्रीका रूपमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ पठाएको जनाएको छ । सम्बन्धित निकाय र प्रभावित जनतालाई उक्त चाउचाउ प्रत्यक्ष रूपमा वितरण गरिएको कम्पनीले जनाएको छ ।आवश्यक परेमा थप चाउचाउ पठाउन तथा पीडितलाई सहयोग गर्न आफूहरू तत्पर रहेको कम्पनीले जनाएको छ ।

साथै, विपत्‌को यस घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको सहयोग गर्न यशोदा ग्रुप इन्डस्ट्रिज प्रा.लि पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij