यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन : अर्को वर्ष एशिया कप खेल्ने

यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन : अर्को वर्ष एशिया कप खेल्ने

काठमाण्डौ – नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ ।

साथै इतिहास  दोहोर्‍याउँदै एकदिवसीय एशिया कपमा पुग्न सफल भएको छ । एसीसी प्रिमियर कप क्रिकेटको आज भएको फाइनल खेलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो ।

यसअघि पहिलो पटक सन् २०२३ को फाइनलमा पनि नेपालले यूएईलाई नै हराएर एसिया कप खेलेको थियो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २६९ रनमा समेटियो। यूएईका लागि राहुल चोपराले अविजित १०० रन बनाए ।

त्यस्तै, सोहेब खानले ५२, तनिश सुरीले ४२, कप्तान हरप्रीतसिंह भाटियाले ३३ तथा खुजैमा तानवीरले १५ रन बनाए । यूएईको छैटौँ विकेटका लागि राहुल चोपरा र सोहेब खानबीच ८७ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो ।

बलिङतर्फ नेपालका करण केसीलेतीन विकेट लिए । ललितनारायण राजवंशीले दुई विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, गुल्सनकुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले समान एक/एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर ३१४ रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे । उनी १०६ बलमा १०२ रन बनाएर आउट भए । यो आसिफको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो । अर्का ओपनर अर्जुनकुमालले ४३ रन बनाएर रनआउट भए ।

त्यस्तै इशानले पाण्डे १३, रोहित पौडेलले ४०, गुल्सन झाले ५२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १८, सन्दीप जोराले ७ र बसीर अहमदले अविजित १५ रन बनाए ।

बलिङतर्फ यूएईका इब्रार अहमदले ४ विकेट लिए । खुजाइमा बिनले २ तथा हैदर अली र अदीब उस्मानीले १/१ विकेट लिए ।

अब एशिया कपमा नेपालको भेट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता क्रिकेटका शक्ति देशहरूसँग हुनेछ ।

प्रकाशित मिति : शनिबार, भाद्र २७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij